बिहीबार, वैशाख २४, २०८३

दुई महिनाकाे बिचमा दाेस्राेपटक ट्रम्पकाे हत्या प्रयास

मेरोन्यूज २०८१ भदौ ३१ गते ७:१४

काठमाडौं ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुन: फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ।

Advertisement
NiccNicc

आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’ हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। सिक्रेट सर्भिस एजेन्टहरूले झाडीबाट राइफलको ब्यारेल देखेपछि संदिग्धमाथि गोली हानेको अधिकारीहरूले जानकारी दिएका हुन् । 

एफबीआईका अनुसार ट्रम्प त्यतिबेला २७५ देखि ४५५ मिटर टाढा थिए। घटनास्थलमा एक एके४७ शैलीको बन्दुक र स्कोप, दुई ब्याकप्याक र गोप्रो क्यामेरा फेला परेको छ। एजेन्टहरूले गोली हानेपछि प्रत्यक्षदर्शीले संदिग्धलाई झाडीबाट भागेको र कालो निसान कारमा हाम फालेको जानकारी दिएका थिए ।

पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो। यता आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू ‘सुरक्षित’ रहेको बताएका छन्।

‘कुनै पनि कुराले मलाई रोक्ने छैन,’ उनले लेखेका छन्, ‘म कहिल्यै आत्मसमर्पण गर्दिन!’ यो घटना पेन्सिलभेनियाको र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको झण्डै दुई महिनापछि भएको हो। त्यति बेला उनको कानमा मात्र चोट लागेको थियो ।

प्रतिक्रिया