राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान
मेरोन्यूज
२०८१ भदौ ३१ गते १६:३७

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो ।
मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स होल्डर भएको, ५ देखि १० वर्षको प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । एन्फाले योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिनसक्ने उल्लेख गरेको छ ।
एन्फाले हालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अगाडी बढाएको हो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया