मेयर गोपाल हमाललाई स्काईवेलको प्रिमियम एसयूभी डेलिभरी

काठमाडौं । जी मोटर्सले कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई स्काईवेल ईटी५ प्रिमियम एसयूभी डेलिभरी गरेको छ। हालै सम्पन्न नाडा अटो शोमा स्वतन्त्र उम्मेदवारीबाट मेयर पद जितेका हमालले उक्त एसयूभी बुकिङ गरेका थिए।
नेपालमा स्काईवेलका गाडीको आधिकारिक बिक्रेता जी मोटर्सका एजीएम नवीन फुयाँल र सेल्स अफिसर शिरीष श्रेष्ठले धनगढीमै पुगेर नेपालकै सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालले जानकारी दिए।
मेयर हमालले नाडा अटोशोमा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको एवं सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेकोमा जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले कृतज्ञता व्यक्त गरे।
आगामी दिनमा जी मोटर्सले बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजार एवं ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको गेलालको भनाइ छ।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५ प्रिमियम विद्युतीय एसयूभी बिक्री–वितरण भइसकेका छन् भने नाडामा १२६ र त्यसपछिका बुकिङ गरेर १५० भन्दा बढी बुकिङ रहेको छ । ईटी५ र बीई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका लागि उपलब्ध छन्।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सक्नेछन्।
स्काईवेल ६५ भन्दा बढी देशमा जर्मनी, यूके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया