असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले आज एक कार्यक्रम गर्दे चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज ७ गतेदेखि माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएको हो ।
जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुगुका कार्यालय प्रमुख राज बहादुर राईले बताए । सुपथ मूल्य पसलमा उपभोक्ताले प्रतिकेजि ५ रुपैयाका दरले छुट पाउने उनले जानकारी दिए ।
चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनको भनाई छ । सुपथ मुल्य पसलका लागि २ हजार क्विन्टल चामल बितरण गरिने बताए ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया