फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी

काठमाडौँ । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उहाँ बिहीबार नै रिहा भएका छन् ।
फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित छ जनालाई औपचारिक रूपमा माफी दिइएको छ ।राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उनलाई क्षमादान दिइएको छ ।
स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गर्नुभएको थियो भने उहाँको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो ।
स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ । उनको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उनलाई संसदमा निर्वाचित गरेका थिए ।
देशद्रोहको आरोप लागे पनि उहाँलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो।विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उहाँको माफी र रिहाईको मुद्दा वर्षौंदेखि उठाएका थिए ।












पाकिस्तानमा विवाह समारोहमा ग्यास विस्फोट, दुलहा–दुलहीसहित ८ जनाको मृत्यु
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
मकवानपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
भृकुटीमण्डपमा राप्रपाको जलपान, प्रधानमन्त्री पनि सहभागी
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया