ईस्थर बेन्जामिन स्मृति संस्थाको वर्षभरि गरेका कार्यक्रमको समिक्षा गर्न सामाजिक परिक्षण

काठमाडौं । ईस्थर बेन्जामिन स्मृति संस्थाको वर्षभरि गरेका कार्यक्रमको समिक्षा गर्न सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
बालश्रमबाट उद्धार गरिएका बालकहरुलाई आवासिय सुविधासहित शिक्षा प्रदान गर्ने सो संस्थाको वार्षिक कार्ययोजना अनुसार सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा बालअधिकारका लागि संसदीय समितिका संयोजक रञ्जुकुमारी झाले नेपालमा बालश्रमको अन्त्यका लागि इस्थर बेन्जामिन जस्तो संस्थाहरुको पनि विशेष योगदान हुने बताउँदै आफ्नो गृहजिल्ला सप्तरीमा संस्थाको शाखा विस्तार गर्नुपर्ने बताईन् ।
उनले भनिन्,“सो जिल्ला सिमासँग जोडिएकोले बालबालिकालाई श्रममा लगाउन, बोर्डर पार गराउने सम्भावना धेरै भएको,गरिवी, पारिवारीक समस्याका कारण संरक्षणको अभावमा रहेका बालबालिकालाई उद्दार गर्दा पनि संरक्षणमा राख्ने स्थानको अभाव भएकोले सप्तरी जिल्लामा पनि इस्थर बेन्जामिन स्मृति केन्द्रको आवश्यकता छ ।”
महिला तथा समाजिक मामिला समितिका सभापति किरण शाहले बालबालिकाको सुरक्षित वातावरणमा हुर्कन, पढ्न सिक्न पाउने हक भएपनि विविध कारणले श्रममा पुगेका बालबालिकाको पनि उद्धार गरिएपछि बालहितका लागि लगानी गर्दै आएको ईस्थर बेन्जामिन स्मृति केन्द्रको काम सह्रानीय रहेको बताए ।
राष्ट्रिय बालपरिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिकासँग सम्वन्धीत सङ्घ संस्थाले वर्षभरि गरेका कार्यक्रमको समिक्षा गर्न सामाजिक परिक्षण जस्तो सार्वजनिक कार्यक्रमको आयोजना गर्नु पारदर्शी भएको बताए ।
इस्थर बेन्जामिन स्मृति संस्थालाई सहयोग गर्ने संस्था चाइल्ड रेस्क्यू लण्डनका प्रमुख डेभिडले नेपालीमा भएको विनम्र भाव नै आफुलाई मन पर्ने बताउँदै हरेक पटक नेपाल आउँदा पाइने न्यानो स्वागत र संस्थामार्फत बालबालिकाप्रति इमान्दारीपूर्वक गरेका कामबाट प्रभावित भएको बताए ।
ईस्थर बेन्जामिन स्मृति संस्थाका अध्यक्ष उपेन्द्र कुमार पौडेलले संरक्षणको आवश्यकता भएका बालबालिकालाई संस्थाले दिने सुविधाको परिणाम देखिएको बताउँदै उनीहरुले आत्मनिर्भर भएर अगाडि बढेको देख्दा सन्तुष्टी प्राप्त हुने र सक्षम नागरिक बनाउन संस्थाको योगदान देखिएको बताए ।
सो संस्थाका कार्यकारी निर्देशक आत्माराम थापाले संस्थाको समग्र क्रियाकलाप बोल्दै बाल अधिकारको क्षेत्रमा उल्लेखनीय काम भइरहेको र संस्थाको बालश्रम मुक्त समाज निर्माणका लागि पुर्याएको योगदानबारे जानकारी दिए ।
उनले सन् २००३ मा स्थापना भएको सो संस्थाले हालसम्म बालश्रममा संलग्न भएर उद्धार गरिएका करिब एकहजार बालबालिकालाई शिक्षाको साथै उनीहरुकै रोजाईको सिप सिकाएर आत्मनिर्भर समेत बनाएको बताए ।
त्यसैगरी संस्थाका कार्यक्रम व्यवस्थापक प्रेम केसीले संस्थाले गत वर्ष सम्पन्न गरेका कार्यक्रम, योजना र बेजेटबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
















भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया