हेडको शतकीय पारीसँगै इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
मेरोन्यूज
२०८१ असोज ४ गते ७:०९

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको जारी एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो ।
इङल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए । त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको इङल्याण्डले ४९.४ ओभरमा अल आउट हुदै ३१५ रन बनाएको थियो । इङल्याण्डका लागि बेन डकेटले सर्बाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए ।
यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन
स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण
Composition of the 15-member Council of Ministers
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया