नौं महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड
मेरोन्यूज
२०८१ असोज ४ गते १५:५४

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ ।
यसरी बोर्डमा कार्यकारी अध्यक्ष नभएको साढे करिब नौं महिना पुगेको छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल गत पुसमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो ।
अहिले कामचलाउ अध्यक्षका रूपमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा बोर्ड सदस्य महेश बरालले नेतृत्व गरिरहेका छन् ।
बोर्डबाट हमाल गए यता प्राथमिक निष्कासन स्वीकृति भएको छैन। पूँजी सङ्कलनको प्रमुख माध्यम नै अहिले ठप्प छ। नियमित काम बाहेक बोर्डले नीतिगत र अरू कुनै पनि काम गर्न सकेको छैन।
विभिन्न कम्पनीहरूले प्रस्ताव गरेका अर्बौका साधारण सेयर, हकप्रद सेयर,विभिन्न फन्डहरु बोर्डको अनुमतिको पर्खाइमा छन् ।
सम्बन्धित

















चितवनमा हुरीका कारण केराखेतीमा क्षति
आगामी आर्थिक वर्ष का लागि आन्तरिक ऋणको सीमा निर्धारण
यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया