सेक्युर्ड सेक्युरिटिजले घोषणा गर्यो ६२ प्रतिशत लाभांश
मेरोन्यूज
२०८१ असोज ४ गते १६:१८

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लगानीकर्ताका लागि ६२ प्रतिशत लाभांश घोषणा गरेको छ।
गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो। प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।
कम्पनीले साधारणसभा कात्तिक ८ गते आह्वान गरिएको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।
सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्नेछ ।
वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाका एजेण्डा छन्।
सम्बन्धित










यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया