२५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी
मेरोन्यूज
२०८१ असोज ४ गते १६:५३

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
२०२५ को सुरुवातमै पहिलो ईभी मोडल ईभीएक्स लन्च गर्ने योजना बनाएको कम्पनीले त्यस अगावै भारतभर २५ हजारभन्दा बढी चार्जिङ पूर्बाधार तयार पार्ने योजनामा समेत काम गरिरहेको छ ।
चार्जिङ पूर्बाधार विस्तार गर्न मारुती सुजुकीले भारतका आयल मार्केटिङ कम्पनी र विभिन्न इनर्जी कम्पनीसंग सहकार्य गर्ने योजना बनाएको हो । मिडिया रिपोर्टका अनुसार कम्पनीले अहिले भारतभर रहेका डिलर नेटवर्कसंग समेत यस विषयमा छलफल अघि बढाएको छ ।
ईभीएक्सको मूल्य २० देखी २५ लाख भारुको विचमा कायम हुने अनुमान गरिएको छ । भारतमा हाल टाटा, महिन्द्रा, सिट्रोन र एमजीले ईभी उत्पादन गर्दै आएका छन् ।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया