पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु

धुलिखेल। बनेपा ब्वाईज क्लबको आयोजनामा शुक्रबारदेखि पाँचौं संस्करणको बनेपा महोत्सव–२०८१ सुरु भएको छ । विजयादशमी तथा शुभ–दीपावलीको पावन अवसरमा बनेपाको उग्रतिर्थ मन्दिर परिसरमा आयोजना भएको व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेलमेलाको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आज उद्घाटन गरे।
त्यसअवसरमा मन्त्री काफ्लेले व्यवसायको ग्यारेन्टी राज्यले लिनुपर्ने बताउनुहुँदै यसको लागि व्यवसायीले राज्यलाई दिनुपर्ने दायित्व समयमै तिरेर राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
समृद्धि अरूले नभएर हामीले नै ल्याउने भएकाले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने भन्नुहुँदै उहाँले सरकार यसमा आवश्यक सहजीकरणका लागि तयार रहेको बताए ।
क्वलमा अध्यक्ष महेश कर्माचार्यले काभ्रेपलाञ्चोकको बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला, खेलकूदको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरेको बताए ।
१६ दिनसम्म सञ्चालन हुनेछ मेलामा कृषि, घरेलु सामाग्रीलगायत एक सय भन्दाबढी व्यापारिक स्टलहरू राखिएका छन् ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया