बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६०औँ राष्ट्रिय बाल दिवस २०८१ को उपलक्ष्यमा आज यहाँ आयोजित बालमेला तथा प्रतिभा प्रस्फुटन र सांस्कृतिक कार्यक्रममा उनले बालबालिकाको रुचि अनुसारका कार्यक्रम वडा समितिमार्फत पेस गर्न आग्रह गरे ।
“बालबालिकाको हक अधिकार कुण्ठित गर्न चाहँदैनौँ, बाल प्रतिभा प्रस्फुटनका कामलाई जोड दिन्छौँ, बजेट तर्जुमा गर्दा प्रत्येक वडाले बालविकासका लागि बजेट छुट्याउनुपर्ने व्यवस्था रहेको छ, यसलाई हामीले व्यवस्थित ढङ्गले लागू गरिसकेका छौँ”, उनले भने ।
राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले ललितपुर महानगरका २९ वडाले बजेट विनियोजन गरेर बालअधिकारको विषयमा प्रयोगात्मक र व्यावहारिक काम गरेको बताए । उनले बालबालिकाका क्षेत्रमा काम गर्नेमा ललितपुर महानगर अग्रपङ्क्तिमा रहेको बताउँदै बालबालिकाको हितमा काम गर्न आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महानगरका प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष राजु महर्जनले बालबालिकाले मोबाइल र टेलिभिजनमार्फत रचनात्मक कुराहरु सिकेर प्रतिभा प्रस्फुटन हुने अवस्था रहेकाले त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
















कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया