अलाबामामा गोली चल्दा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । अमेरिकी राज्य अलाबामामा एक सशस्त्र समूहले भीडमा गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्रहरीले शनिबार जनाएको छ।
“बर्मिङगमको फाइभ पोइन्ट्स साउथ जिल्लामा राति ११ः०० बजेपछि बन्दुकधारीले मानिसहरूको भीडमा गोली प्रहार गरेका हुन्,” प्रहरी अधिकारी ट्रुम्यान फिट्जजेराल्डले स्थानीय सञ्चारमाध्यमलाई बताए।
सुरक्षा अधिकारीहरूले दुई वयस्क पुरुष र एक वयस्क महिला गोली लागी फुटपाथमा लडेको फेला पारेको फिट्जगेराल्डले बताए। तिनै जनालाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो भने घटनामा घाइते भएका चौथो व्यक्तिको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको उनले बताए।
घटनामा दर्जनौँ मानिसहरू घाइते भएको फिट्जगेराल्डले बताए ।
“प्रहरीले उक्त घटनासँग सम्बन्धित कसैलाई हिरासतमा लिएको छैन,” प्रत्यक्षदर्शी नागरिकलाई अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी प्रदान गर्न आग्रह गर्दै उनले भने ।
सङ्घीय अनुसन्धान विभाग र मादक पदार्थ, सुर्ती, बन्दूक र विष्फोटक पदार्थ नियन्त्रण विभागसहित धेरै विभागहरू अनुसन्धानमा खटिएका छन् । शनिबार राति घटनास्थलमा अग्नि नियन्त्रण अधिकारीको एक टोली त्यहाँ पुगेको थियो र त्यस क्षेत्रलाई घेराबन्दी गरिएको थियो।
‘गन भायोलेन्स आर्काइभ (जीवीए)’ का अनुसार यस वर्ष अमेरिकाभरि कम्तिमा ४०३ वटा सामूहिक बन्दूक आक्रमणका घटना भएका थिए । अमेरिकामा यस वर्ष बन्दुक आक्रमणमा कम्तीमा १२ हजार ४१६ जनाको मृत्यु भएको जीवीएले जनाएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया