शून्य प्रतिशत ब्याजमै ब्रम्बीको सिटी कार (भिडियाेसहित)
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक,एलआरआर ग्रुपले २०८१ सालको दशैंको अवसरमा नयाँ गाडी खरिदकर्ता बीएडब्लु ब्रम्बी ईभी किन्दा एक वर्षको ब्याज नै नलाग्ने भएको छ ।
नेपालका लागि बीएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले सो अफर सो अफर ल्याएको हो ।

कम्पनीका बिजनेस हेड आकाश कुमार थापाका अनुसार एलआरआर मोटर्सले शून्य प्रतिशत ब्याजदरमा सो अफर ल्याएको बताए । यस अनुसार पहिलो वर्ष कुनै ब्याज नै तिर्नु पर्दैन ।
३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा १९० देखि २०० किलोमिटर रेन्ज दिने एलआरआर कम्पनीको भनाइ छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।
यो गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
















कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया