आईसीसी विश्वकप क्रिकेटः वर्षाका कारण नेपाल र ओमान बीचको खेलका लागि ट्स हुन सकेन
मेरोन्यूज
२०८१ असोज ८ गते २१:५९

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत नेपाल र ओमानबीचको खेलका लागि टस हुन सकेको छैन । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस हुन नसकेको हो ।
क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको हो । विश्वकप क्रिकेटमा खराब सुरुवात गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।
त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
यस्तै, नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया