परराष्ट्रमन्त्री डा राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेका छन् ।
यसैक्रममा मङ्गलबार उहाँले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभयो । मङ्गलबार उहाँले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गर्नुभएको द्विपक्षीेय भेटवार्तामा दुई देश मित्रता, पारस्पारिक सम्मान र समझ्दारीमा आधारित सम्बन्धका साथ अघि बढेका र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको थियो ।
त्यस भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भयो । त्यसैगरी उहाँहरुबीच यस बर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
परराष्ट्रमन्त्री डा राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण बर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरे ।
भेटका क्रममा पछिल्लो समय इपिएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरुलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री डा राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे ।
साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि मन्त्री डा राणाले सराहना गर्नुभएको थियो । मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरेका थिए ।
नेपालमा प्रत्यक्ष लगानी गर्ने विदेशी राष्ट्रमध्ये दक्षिण कोरिया एक प्रमुख राष्ट्र हो । अघिल्लो आर्थिक बर्षमा मात्र नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो । त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरेका थिए ।
त्यसैगरी मन्त्री डा राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो । साथै सो भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गर्नुभएको थियो ।












अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
प्रतिक्रिया