पत्रकार महासंघले डाक्याे जिल्ला र प्रदेश अध्यक्षकाे भेला

काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बाेलाउने निर्णय गरेको छ ।
महासंघको अधिवेशनको मिति पटकपटक सरेको र पदाधिकारीहरुले पालैपालो राजीनामा दिएपछि चुनाव स्थगित भइरहेको अवस्थामा असोज १९ गतेका लागि भेला डाकिएकाे छ ।
त्यस्तै, सदस्यता विवाद समाधान गर्न पूर्वअध्यहरूलाई गुहारिएकाे छ । सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
मतदाता नामावलीसम्बन्धी विवाद र मतभेदकै बीचमा महासंघका ५३ शाखाका अध्यक्षहरूले विवाद निरुपणका लागि राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र पनि बुझाएका महासचिव रोशन पुरीले जानकारी दिएका छन् । यही सन्दर्भमा २०८१ असोज ९ गते केन्द्रीय समिति, प्रदेश समिति अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको पुरीले जनाएका छन् ।
परामर्श भेलापछि कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले जिल्ला/प्रदेश अध्यक्षहरूको सल्लाह/सुझाव परामर्शलाई समेत दृष्टिगत गरी नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाको स्थान यथाशीघ्र जानकारी गराइने पनि उनले बताए ।
बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिनुभएको राजीनामालाई अनुमोदन गर्दै उनीहरूले महासंघमा दिएको अमूल्य योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको पुरीले जनाएका छन् ।

















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया