बिहीबार, पुष ३, २०८२

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदकहरूलाई अन्तर्वार्तामा बोलाइयो

मेरोन्यूज २०८१ असोज १० गते १०:१८

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता हुने भएको छ । 

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने जानकारी दिएको हो । 

कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम संक्षिप्त सूचीमा समावेश गर्दै उनीहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते बिहान ८ बजे हुने जानकारी समितिले दिएको छ । 

प्रतिक्रिया