न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा

काठमाडौँ । न्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा परेको छ । टेस्टको तेस्रो दिन न्यूजील्याण्ड आफ्नो पहिलो इनिंगमा केवल ८८ रनमा अल आउट भएपछि फलोअनमा परेको हो ।
न्यूजील्याण्डका लागि मिचेल सान्टनरले सर्बाधिक २९ रन बनाए भने डार्यल मिचेलले १३ र रचिन रविन्द्रले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । न्यूजील्याण्डको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा श्रीलंकाका प्रबाथ जयसूर्यले सर्बाधिक ६ विकेट लिएका थिए भने निशान पेइरिसले ३ तथा असिथा फेर्नांडोले एक विकेट लिएका थिए ।
फलोअनमा परेको न्यूजिल्याण्डले आफ्नो दोस्रो इनिंग शुरु गरेको छ भने लन्च सम्म एक विकेट गुमाएर ३ रन बनाएको छ ।
यस अघि श्रीलंकाले पहिलो इनिंगमा ६०२ रन बनाएर इनिंग घोषणा गरेको थियो । टेस्टको दोस्रो दिन शुक्रबार श्रीलंकाका तीन ब्याट्सम्यानको शतक सहित ५ विकेट गुमाएर ६०२ रन बनाए पछि इनिंग घोषणा गरेको थियो ।
श्रीलंकाका लागि कमिन्दु मेन्डिसले १८२ रन बनाएका थिए । श्रीलंकाका लागि आठौ टेस्ट खेल खेलिरहेका कमिन्दुले हरेक टेस्टमा अर्धशतक बनाएर नयाँ किर्तिमान बनाएका छन् । त्यस्तै यस खेलमा दिनेस चान्डिमलले ११६ र कुशल मेन्डिसले १०६ रन बनाएका थिए ।
२ टेस्टको यस सिरिजमा श्रीलंकाले पहिलो टेस्ट खेल जितेर १-० को अग्रता बनाएको छ ।
















‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया