विपदमा सक्रियतापूर्वक उद्धार गर्न र राहतमा जुट्न सभामुखको आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
सभामुख घिमिरेले आज अपिल जारी गर्दै विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक सङ्घसंस्था र आम नेपाली जनतामा आह्वान गरेका हुन् ।
“तीन दिनदेखि लगातार भएको भारी वर्षाका कारण देशभर ठूलो मात्रामा भएको भौतिक र मानवीय क्षतिले स्तब्ध बनाएको छ । बाढी पहिरोमा परी दिवङ्गत हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।
सभामुख घिमिरेले विपद्मा परि घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको खोजबिनका लागि विशेष ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
वर्षा भोलिसम्म जारी रहने पूर्वअनुमान रहेकाले आफ्नो गाउँघर र आसपासका क्षेत्रमा सम्भव सबै सुरक्षा अपनाउन अनुरोध गर्दै उहाँले नजिकै रहेका छिमेकीलाई मानवीय सहयोग आवश्यक परेको अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई सूचना दिन र समन्वय गर्न अपिल गरेका छन् ।












एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया