क्यानडाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडाविरुद्ध टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले पहिला ब्याटिंग गर्ने भएको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज आजदेखि खेल्न लागेका हुन् ।
यस सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् ।
क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया