पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफले दिए राजीनामा
मेरोन्यूज
२०८१ असोज १३ गते १८:०६

काठमाडौँ । पाकिस्तानी क्रिकेट टिम चयनकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘व्यक्तिगत कारणले म पाकिस्तानी क्रिकेट टिमको चयनकर्ता पदबाट राजीनामा दिएको घोषणा गर्छु । यस्तो अविश्वसनीय टोलीको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो र पाकिस्तान क्रिकेटको विकास र सफलतामा योगदान गर्न पाउँदा मलाई गर्व छ ।
मलाई हाम्रा खेलाडीहरूको प्रतिभा र भावनामा पूर्ण भरोसा छ र हाम्रो टोलीले शीर्ष स्थानमा पुग्ने प्रयास जारी राखेकोमा सबैलाई शुभकामना दिन्छु ।’
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया