ओमानमाथि नेपालको सहज जित

काठमाडौं । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ व्केट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।
यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो । अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ ।













नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया