एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
मेरोन्यूज
२०८१ असोज १५ गते १९:१८

काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ को सेटमा पराजित गरेको हो ।
खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको भएपनि कर्णालीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट २५-२२ र २५-१७ ले जितेको थियो । त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५-१९ ले जितेर २-२ को बराबरी गर्यो । त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५-११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो ।
यो कर्णालीको लगातार दोस्रो जित हो भने गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ ।
सम्बन्धित
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया