प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाई हुँदै
मेरोन्यूज
२०८१ असोज १६ गते ८:२०

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश प्रकाशमानसिंह राउतको सङ्घीय संसद संसदीय सुनुवाइ समितिमा आज संसदीय सुनुवाइ हुने भएको छ ।
समितिको आजको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित राउतविरुद्ध उजुरी दिनेहरुसँग मंगलबार छलफल गरेको छ । राउतविरुद्ध ६ वटा उजुरी परेका छन् ।
गत भदौ ३१ गतेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।
समितिको यही असोज ३ गतेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको थियो । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतको कार्ययोजनासमेत अध्ययनका लागि सदस्यहरूलाई उपलब्ध गराएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया