बाढी पहिरो प्रभावितहरुको उद्धारमा सशस्त्र प्रहरी काभ्रेको सक्रियता

काठमाडौँ । गत बिहिवारदेखी अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको छ।
वर्षाले काभ्रे जिल्लामा पनि ठूलो क्षति गराएको छ । सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीका अनुसार काभ्रेमा बाढीपहिरोमा परी हालसम्म ६७ जनाकाे मृत्यु भएकाे छ भने ७१ जना घाइते भएका छन् । यस्तै यहाँ ८ जना बेपत्ता रहेकाे उनले जानकारी दिए ।
यहाँका बाढी प्रभावितहरुको उद्धारमा सशस्त्र प्रहरी सक्रिय रुपमा लागेकाे छ । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं.१५ गण हे.क्वा.काभ्रेबाट बुधबार (आज) सम्ममा ६८७ जना सशस्त्र प्रहरी कर्मचारीहरु उद्धार कार्यमा परिचलान गरिएकाे छ ।
कार्कीका अनुसार सशस्त्र प्रहरी निरीक्षक महेश दाहालको कमाण्डमा खटिएका २५ र नेपाली सेनाकाे २० जनाकाे टाेलीले काभ्रेकाे रोशी गापा-११ कालढुङ्गामा आएको बाढी पहिरोमा परेका स्थानियहरुलाई उद्धार गरी १०० जनालाई हेलीबाट काठमाडाैं पठाएको छ भने करिब ३०० जनालाई भ्याकुरेखोलाबाट रिभर क्रसिङ्ग रोपबाट रेस्क्यू गरी सुरक्षित स्थानमा सारेकाे छ।
यस्तै रोशी गा.पा.-२ नारायणटार चण्डीबेशीमा १० जना सशस्त्र प्रहरी र २५ जना नेपाली सेनाकाे टाेलीले ६८ जना स्थानियलाई उद्धार गरी काठमाडाैं पठाएको छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र श्रेष्ठको कमाण्डमा खटिएकाे टाेलीले जिल्लाकै पाँचखाल नपा-८ होक्सेमा बाढी पहिरोमा परेका ४१ स्थानियको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेकाे र उक्त स्थान जाने अवरुद्ध भएको बाटो खुलाएको कार्कीले जानकारी दिए।
साथै यहाँ विभिन्न स्थानमा खटिएका सशस्त्र टाेलीले घाइते भएकाहरुलाई हेली मार्फत उद्धार गरी अस्पताल पठाएकाे, यात्रुहरुलाई खोला वारपार गर्न सहयोग गरेको, सडक अवरुद्ध हटाई सवारी साधन आवत जावतमा सहज गराएका छन् ।
काभ्रेमा नेपाली सेनाको हेलिकप्टरद्वारा ७४५ जनाकाे सकुशल उद्धार गरिएकाे कार्कीले जानकारी दिए । यस्तै ३०० जनाकाे सशस्त्र प्रहरी बल नेपालको टोलीद्धारा रिभर क्रसिङ्ग रोप रेस्क्यू माध्यमबाट उद्धार भएकाे उनले जनाए ।



















थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया