बिहीबार, पुष १७, २०८२

नवनियुक्त उपकुलपति डा.प्रदीप ज्ञवालीद्धारा पदभार ग्रहण

मेरोन्यूज २०८१ असोज १८ गते १४:५८

काठमाडौँ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्ती उपकुलपति डा.प्रदीप ज्ञवालीले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार हेटौडास्थित प्रतिष्ठानको कार्यकक्षमा पुगेर पदवहाली गरेका हुन् । पदवहाली अघि आजै उनले मुख्यमन्त्री कार्यालयका मुख्यमन्त्री वहादुर सिंह लामाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।

केही दिनअघि वागमती सरकारले डा. ज्ञवालीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा ज्ञवाली अहिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत छन् । यसअघि उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवको रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया