अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

काठमाडौं । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाडौँका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ ।
अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए ।
केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । यो वर्ष सामुदायिक विद्यालयका १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक उपलब्ध गराइएको जालानले जानकारी दिए ।
अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८ औँ जन्म जयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।
केन्द्रले शिक्षा क्षेत्रका विभिन्न ९ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ । कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतान लगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।













एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया