अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

काठमाडौं । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाडौँका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ ।
अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए ।
केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । यो वर्ष सामुदायिक विद्यालयका १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक उपलब्ध गराइएको जालानले जानकारी दिए ।
अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८ औँ जन्म जयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।
केन्द्रले शिक्षा क्षेत्रका विभिन्न ९ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ । कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतान लगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।
















गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…
NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया