हाइटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु

एजेन्सी । हाइटीमा गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु भएको छ ।
घटना बारे शुक्रबार संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै समस्या ग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु भएको र हाइटी “आतंकित” भएको जनाएको हो ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा १६ जना गम्भीर घाइते भएको र दर्जनौं घर र सवारीसाधनमा आगलागी भएको जनाएको छ ।
अराजकतामा डुबेको विश्वको सबै भन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्
आक्रमणमा गिरोहका सदस्यहरूले ४५ वटा घर र ३४ वटा गाडीमा आगो लगाएको बताइएको छ । गत साता संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६ सय मानिस मारिएको बताएको थियो ।













९ बुँदे सहमतिसहित थारु अभियन्ता रास्वपामा समाहित
हत्यामा संलग्न चार युवा पक्राउ
मुगुमा जिप दुर्घटना हुँदा नेपाली सेनाका अमलदारको मृत्यु
नेप्से परिसूचक २८ अंकले बढ्यो, काराेबार रकम कति ?
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया