इजरायल सँगको युद्धमा इरान पछि नहट्ने इरानी नेताको दाबी
मेरोन्यूज
२०८१ असोज १९ गते १०:२८

एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै खामेनीले यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायल विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेको बताए । इजरायलले लेवनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाह लगायत हमासका सहयोगी कमाण्डरको मृत्यु भए पछिको इरानी नेताको यो पहिलो सम्बोधन हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हजारौंको भीडलाई सम्बोधन गर्दै खामेनीले यस क्षेत्रको प्रतिरोध समूह शहादत बाट पछि नहट्ने भन्दै जित हासिल गर्ने दाबी समेत गरे ।
खामेनीले हिजबुल्लाहले सम्पूर्ण क्षेत्र र सम्पूर्ण इस्लामी विश्वका लागि महत्वपूर्ण सेवा प्रदान गरिरहेको भन्दै यसको प्रशंसा समेत गरे ।
सम्बन्धित
















SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया