लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रीको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो ।
गृह मन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए । गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पारे ।
गृह मन्त्री लेखकले विपद्मा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा श्रद्धाञ्जली तथा पीडित परिवारमा समवेदना पनि प्रकट गरे । उनले घाइतेहरूको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।
गृह मन्त्री लेखकले अहिले मृतकका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेर जिल्लाहरूमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका जानकारी दिए । उनले उद्धार, राहत र पुनः स्थापनामा सरकारी गम्भीर भएर लागेको उल्लेख गरे ।
यही असोज १० देखि १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छ भने अझै १९ जना हराइरहेका छन् । अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन् ।















Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया