हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बजारमा (भिडियाे)
काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ ।
क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन् । ‘लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौं । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन् ।
गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रिको संगीत, इश्वर थापाको शब्द, पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।
म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन् । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन् ।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया