लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

काठमाडौं। लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गरेको छ । हिल्टन काठमाडौँमा शनिबार आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्त कार्यक्रममा क्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थित थिए ।
यसबारे बोल्दै कोच गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरुसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्धेश्यको निम्ती काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”
त्यसै गरी क्लबका चेयरम्यान इश्वर जिसीले भने, “शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । वहाँँ धेरै युवा खेलाडीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर वहाँँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँँ उचाइमा पुर्याउनेछ ।”
त्यसै गरी क्यानका सेक्रेटरी पारस खड्काले पनि भने, “शक्ति गौचनको नियुक्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठूलो उपलब्धी हो । वहाँँको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरुलाई प्रोत्साहन र हौसला मिल्नेछ ।”
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया