बीवाईडी द्धारा प्रधानमन्त्री दैवी कोषमा ५१ लाख

काठमाडौँ । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बाढी पहिरो पीडितका लागि ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ । साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको कम्पनीले जनाएको छ ।
एक कार्यक्रमका बिच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो ।
केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिए पश्चात यो सीबीसीएफको पहिलो योगदान हो, जसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ । शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहन्छ ।
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध छौ । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौ ।’

















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया