सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु
मेरोन्यूज
२०८१ असोज २० गते २१:२८

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आज आइतबार देखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छ भने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उनिले बताइन् । यसैगरी, च्याङ्ग्राको प्रतिकेजी रु एक हजार २३० मूल्य तोकिएको छ । यसमा पनि रु १० सहुलियत दिई रु एक हजार २२० मा बिक्री वितरण सुरु गरिएको जनाइएको छ । चाड बडादसैँ, दीपावली, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा कम्पनीले सुरु गरेको सुपथ मूल्य पसल पनि जारी रहेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन् ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया