पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण : शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएका छन्।
मन्त्रालयमा आज राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा उनले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तकसहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरे।
शिक्षामन्त्री भट्टराईले पुस्तक नीतिलाई अन्तिम रूप दिन वृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव सङ्कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने बताए। उनले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने धारणा राखे।
उनले प्रकाशक, लेखक पुस्तक व्यवसायीसहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताए।
मन्त्रालयले राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको हो । मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
अन्तरक्रियामा सांसद मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभइ होटल, रेस्टुरेन्टमासमेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमासमेत पहुँच बढाएर गुणस्तरीय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रीत हुनुपर्ने बताए।
अन्तरक्रियामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, विभिन्न प्रकाशन, काठमाडौँ उपत्यका सार्वजानिक पुस्तकालयसहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल, डिल्लीरमण रेग्मी पुस्तकालय ,नेपाल राष्ट्रिय पुस्तक तथा विक्रेता सङ्घ ,नेपाल सामुदायिक पुस्तकालय सङ्घ, त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल पुस्तकालय सङ्घ, मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति थियो । अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षासहित सुधारका लागि विभिन्न सुभाव प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
विसं २०६४ देखि विभिन्न कार्यदल गठन हुँदै मस्यौदा तयार पारिएको भए पनि हालसम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन ।













पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया