प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हरेन्द्र पाठकलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित एक समारोहमा प्रधानसेनापतिले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यही असोज १८ गते पाठक उपरथी दर्जामा पदोन्नति भएका थिए । पदोन्नतिसँगै उपरथी पाठकलाई नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त गरिएको छ ।
प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीद्वय मनिकुमार श्रेष्ठ र विष्णुबहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुशिल महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
दर्ज्यानी चिह्न प्रदान गर्न आयोजित कार्यक्रममा रथी तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथी एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।
















पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
Finance Minister Wagle conveys positive outlook for forthcoming budget
फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया