नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक रेग्मी पुरस्कृत भएका छन् ।
रेग्मीलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा (सुन्तला जात) व्यवसायतर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा रु १० हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ तारिखमा विश्व खाद्य दिवस मनाउने गरिएकामा त्यस दिन दसैँ परेका कारण सोमबार नै मनाइएको विभागका महानिर्देशक डा नरहरिप्रसाद घिमिरेले बताए ।
सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्रसङ्घको २०औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरुप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिएको हो ।
उत्कृष्ट कृषकका रुपमा सम्मानित रेग्मीले गैँडाकोट–१८ को बसेनीमा लिफ्टिङ सिँचाइबाट फलफूल तथा तरकारीखेती गर्दै आएका छन् । उनले सात वर्ष अगाडिदेखि करिब रु दुई करोडभन्दा बढीको लगानीमा ‘टीकारत्न टुल्कीदेवी कृषि फर्म’ मार्फत सुन्तला जातको फलफूलखेती गर्दै आएका छन् ।
















NBA shows exception to probe commission’s report
कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया