दसैँतिहारका अवसरमा अल्फा बिटाको शुभकामना आदानप्रदान

काठमाडौँ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको स्वास्थ्य परीक्षण बानेश्वरस्थित अल्फा केयरमा हुने भएको छ । दसैँतिहार शुभकामना आदानप्रदान कार्यक्रममा अल्फा बिटाले विद्यार्थीको सहजताका लागि स्वास्थ्य परीक्षण सुरु गरेको जानकारी दियो ।
शुभकामना आदानप्रदान कार्यक्रममा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवको सहभागिता रहेको थियो ।
यसैगरी अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, अमेरिकी दूतावासका लागि राजनीतिक, आर्थिक, एसियाली मामिला संयोजक कुञ्जा राई, बेलायती राजदूतावासका व्यापार तथा लगानी विभाग प्रमुख अनुप श्रेष्ठ, अस्ट्रेड दक्षिण एशियाका सिनियर डाइरेक्टर मुस्ताफिजुर रहमान, नेदरल्यान्ड्सका लागि अवैतनिक महावाणिज्यदूत दीपकराज सापकोटा, कोष्टारिकाका लागि महावाणिज्यदूत मनिष थापा र एनआरएनएका अध्यक्ष बद्रीबहादुर केसीको कार्यक्रममा उपपस्थिती रहेको थियो ।
यसका साथै अल्फा बिटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अष्ट्रेलिया ‘फेम ट्रिप’ आयोजना गर्ने घोषणा गरेको छ । यस ट्रिपको मुख्य उद्देश्य अष्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरूले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्नु रहेको अल्फा बिटाले जनाएको छ ।
यो भ्रमण टोलीमा अल्फा बिटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्मासहित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा। बिजु थपलिया, काठमाडौँ युनिभर्सिटीका डीन प्राडा मनिष पोखरेल, आइओईका सिभिल विभाग प्रमुख गोकर्णबहादुर मोत्रा, युलेन्स स्कुलका प्रिन्सिपल मेडिनबहादुर लामिछाने, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल अम्बादत्त जोशीलगायत सहभागी रहने जनाइएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया