‘एक्टर’को गीत ‘दिन बित्ला’मा प्रदीप र दिब्या
मेरोन्यूज
२०८१ असोज २४ गते १९:०५

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वन’को गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ । शब्द राजेशकुमार श्रेष्ठको छ । संगीत एलिश कार्कीले दिएका छन् ।
गीतले प्रेममा रहेका दुई व्यक्ति र सम्बन्धलाई समयले पार्ने प्रभावलाई देखाएको छ । गीतको भिडियोमा प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझी छन् ।
चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ ।
चलचित्रमा प्रदीप र दिब्यासँगै आना शर्मा, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ ।
चलचित्रमा निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।
सम्बन्धित
















भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ
कैलालीको टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया