जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ६० जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ६० जना पक्राउ परेका छन् ।
कैलाली, गौरीगंगा नगरपालिका-१ चौमालास्थित न्यू साउद होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ गोप्का बस्ने ३४ वर्षीय टेक बहादुर बुढा समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ९ सय ४१ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ तेधरी सामुदायिक वनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जगुराम चौधरी समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ९ सय ५५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धीस्थित नारायण घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ खुमलटार बस्ने ५० वर्षीय नन्दि केशर घिमिरे समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुर तथा प्रहरी प्रभाग बाडेगाउँ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २५ हजार ४ सय ५५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-४ किचाई बस्ने प्रकाश ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३५ वर्षीय दिल बहादुर चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ९ सय ७२ रूपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-५ सोभातालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा लालझाडि गाउँपालिका-६ चान्देउ बस्ने ३२ वर्षीय जीवन चौधरी समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार १ सय २८ रूपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।
सुर्खेत, गुर्भाकोट नगरपालिका-९ भालुखोलास्थित पशुबदशालामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय कृति राई समेत ६ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार ४ सय २५ रूपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
प्रतिक्रिया