शनिबार, पुष १९, २०८२

पहिरोले कटारी–घुर्मी सडक अवरुद्ध

मेरोन्यूज २०८१ असोज २५ गते १०:०१

दयपुर । सुख्खा पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । सिद्धीचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका–१४ को भदौरेमा ठूलो पहिरो खसेपछि गएरातिदेखि नै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

दशैंको बेला सडक अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु आउ–जाउ गर्नेहरु अलपत्र परेका छन् ।

प्रहरीका अनुसार पहिरोले करिब डेढ सय मिटर सडक पुरेको छ । सडक खुलाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समेत समन्वय गरिएको छ ।

प्रतिक्रिया