यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

काठमाडौँ । विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो ।
घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो ।
राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए । विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए ।
बाढी पहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताउँछन् । राजधानी, ठुला सहर र सदरमुकाम केन्द्रित बसोबास गर्नेको सङ्ख्या बढिरहेको उनले सुनाए ।
यसैले गर्दा पनि यस वर्षको विजयादशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया