बिहीबार, चैत १२, २०८२

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

मेरोन्यूज २०८१ असोज २७ गते ९:४५

काठमाडौँ । विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो ।

राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ । 

राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए । विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए । 

बाढी पहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको बताउँछन् । राजधानी, ठुला सहर र सदरमुकाम केन्द्रित बसोबास गर्नेको सङ्ख्या बढिरहेको उनले सुनाए । 

यसैले गर्दा पनि यस वर्षको विजयादशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो ।

प्रतिक्रिया