बिहीबार, वैशाख १८, २०८२

भदौमा भित्रियो १२६ अर्ब रेमिट्यान्स

मेरोन्यूज २०८१ असोज २९ गते १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्समा १५.२ प्रतिशतले वृद्धि भएको छ। साउन र भदौ महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।

भदौमा मात्र १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। सो वर्ष १ अर्ब ७३ करोड रहेको रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष साढे २ खर्ब माथिको रेमिट्यान्स नेपाल भित्रिएको हो।

यस्तै यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।

प्रतिक्रिया