भदौमा भित्रियो १२६ अर्ब रेमिट्यान्स
मेरोन्यूज
२०८१ असोज २९ गते १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्समा १५.२ प्रतिशतले वृद्धि भएको छ। साउन र भदौ महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।
भदौमा मात्र १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। सो वर्ष १ अर्ब ७३ करोड रहेको रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष साढे २ खर्ब माथिको रेमिट्यान्स नेपाल भित्रिएको हो।
यस्तै यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो।
सम्बन्धित
















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया