मंगलबार, वैशाख १५, २०८३

निराजन र इजिकेललाई वर्ल्ड कम्ब्याट मार्सल आर्ट्समा पदक

मेरोन्यूज २०८१ असोज २९ गते २०:१८

काठमाडौं ।आइसिओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कास्य गरी ३ पदक जितेका छन्।

Advertisement
NiccNicc

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन्।

महासचिव गुरुङका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते।

त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए। निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन्। यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारेका थिए।

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे। इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसंग पराजित भएका थिए। अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका महासचिव गुरुङले जनाएका छन्।

प्रतिक्रिया