प्रहरी समायोजन नगरे संघीय सरकारले विकल्प दिनुपर्छ : मुख्यमन्त्री शाह

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रहरी समायोजन नभएमा विकल्प दिनुपर्ने बताएका छन् ।
शाहले संघीय सरकारले बनाउनुपर्ने प्रहरी समायोजन जस्ता महत्त्वपूर्ण कानुन नबनेका कारण काम गर्न चुनौती थपिएको बताएका हुन् । ६९ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा प्रहरी समायोजन नगर्नुको कारणबारे नेतृत्वले स्पष्ट पार्नुपर्ने बताए ।
‘हामी संघीयतामा गइसक्यौँ । संघले बनाउनुपर्ने कानुन नबनाउँदा प्रदेशले अधिकार पाएको छैन’, शाहले भने, ‘प्रहरी समायोजन हुन्छ कि हुँदैनन् नेतृत्वले जवाफ दिनुपर्छ । हुँदैन भने विकल्प सोच्न जरुरी छ । विकल्प दिनुपर्छ ।’
शाहले प्रदेश सरकारले आफ्नो स्रोत, साधनबाट संघीय सरकार अन्तरगतका कार्यालयलाई सहयोग गर्दै बताए तर त्यस्ता संरचनाको उद्घाटन र निरीक्षण गरेर मात्र संघीयता बलियो नहुने भएकाले नेतृत्व तहमा बस्ने सबैले कुरा बुझ्न जरुरी रहेको बताए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया