पाटन प्रिमियर लिग सुरू : मन्त्री भण्डारीद्वारा उद्घाटन

बैतडी । यहाँको पाटनमा आजदेखि चौथो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खेलका माध्यमबाट देश चिनिएको बताए ।
मन्त्री भण्डारीले भने, “खेलका माध्यमबाट नेपाल विश्वभरि चिनिएको छ । सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ । खेलमैदान बनाउन सरकार सक्रिय छ ।” बैतडीबाट पनि थुप्रै खेलाडी उत्पादन भएको र यस प्रतियोगिताले पनि खेलाडी उत्पादनमा थप मद्दत गर्ने उहाँले विश्वास व्यक्त गरे ।
यसका साथै मन्त्री भण्डारीले राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेका बताए । उनले भने, “राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेर सरकार बनाएका हौँ । बन्द भएका उद्योग र संस्थान सञ्चालन गर्छाैं । निरासालाई आशा र भरोसाका बदल्न सरकार लागेको छ ।”
पाटन क्रिकेट क्लबको आयोजनामा पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । द्वितीय पुरस्कारमा ५६ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरजबापत रु १२ हजार तीन सय ४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान छ हजार सात सय ८९ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया