आइतबार, वैशाख २०, २०८३

भकुण्डेवेसी बर्षेखोला सडक खण्ड साँझ ६ देखि बिहान ४ बजेसम्म बन्द रहने

मेरोन्यूज २०८१ असोज ३० गते १९:३०

काभ्रे। धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ। काभ्रेकाे भकुण्डेवेसी चौकिडाँडा देखि बर्षेखोला सम्मको सडकमा निर्रमाण भएकाे ट्रयाकलाई थप सुधारका गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द रहने सडक डिभिजन भक्तपुरले जनाएकाे छ।

Advertisement
NiccNicc

डिभिजनले बुधबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले हाललाई बन्द गरिएकाे जनाएकाे हाे।

गत गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बिपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ कि.मी. भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएको थियाे।

हाल भने ट्रयाक निर्माण गरी यात्रुवाहक सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ।

प्रतिक्रिया