चोभारआदिनाथमा एकमहिने मेला सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताए ।
मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् ।
हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर भएको श्रेष्ठले बताए। मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने गरेको प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य पनि देखिन्छ ।















हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया