इजरायली हवाई आक्रमणमा लेबनानमा ६ जनाको मृत्यु, ४३ घाइते

बेरुत । दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् ।
एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका भवन र नगरपालिका संघ भवनमा चार वटा आकाशबाट जमिनमा प्रहार गरेको क्षेप्यास्त्र प्रहारबाट मेयर अहमद काहिल र धेरै नगरपालिका सदस्यहरू मारिएका छन् ।
सिभिल डिफेन्स फोर्स, लेबनानी रेडक्रस र इस्लामिक हेल्थ अथोरिटीले दुई वटा भवनको भग्नावशेष हटाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न काम गरिरहेका छन् ।
यसैबीच, लेबनानी विदेश मामिला मन्त्रालयले बुधबार लेबनानमा इजरायली आक्रमणहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा नयाँ उजुरी दायर गरेको घोषणा गरेको छ ।
यो इजरायली आक्रमणको दस्तावेजीकरण गर्न र यसलाई रोक्नका लागि कारबाही गर्न अन्तर्राष्ट्रिय समुदाय र सुरक्षा परिषद्लाई दबाब दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा लेबनानको स्थायी मिसनमार्फत मन्त्रालयले पेश गरेको आवधिक उजुरीहरूको एक हिस्सा हो ।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग बढेको तनावबीच लेबनानमा तीव्र हवाई आक्रमण गरिरहेको छ ।
सन् २०२३ अक्टोबर ८ मा हिजबुल्लाह–इजरायल द्वन्द्व सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार तीन सय ५० पुगेको र घाइतेहरूको संख्या दश हजार नौ सय छ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया