इजरायली हवाई आक्रमणमा लेबनानमा ६ जनाको मृत्यु, ४३ घाइते

बेरुत । दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् ।
एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका भवन र नगरपालिका संघ भवनमा चार वटा आकाशबाट जमिनमा प्रहार गरेको क्षेप्यास्त्र प्रहारबाट मेयर अहमद काहिल र धेरै नगरपालिका सदस्यहरू मारिएका छन् ।
सिभिल डिफेन्स फोर्स, लेबनानी रेडक्रस र इस्लामिक हेल्थ अथोरिटीले दुई वटा भवनको भग्नावशेष हटाउन र बेपत्ता व्यक्तिहरूको खोजी गर्न काम गरिरहेका छन् ।
यसैबीच, लेबनानी विदेश मामिला मन्त्रालयले बुधबार लेबनानमा इजरायली आक्रमणहरूको बारेमा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा नयाँ उजुरी दायर गरेको घोषणा गरेको छ ।
यो इजरायली आक्रमणको दस्तावेजीकरण गर्न र यसलाई रोक्नका लागि कारबाही गर्न अन्तर्राष्ट्रिय समुदाय र सुरक्षा परिषद्लाई दबाब दिन न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा लेबनानको स्थायी मिसनमार्फत मन्त्रालयले पेश गरेको आवधिक उजुरीहरूको एक हिस्सा हो ।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले हिजबुल्लाहसँग बढेको तनावबीच लेबनानमा तीव्र हवाई आक्रमण गरिरहेको छ ।
सन् २०२३ अक्टोबर ८ मा हिजबुल्लाह–इजरायल द्वन्द्व सुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार तीन सय ५० पुगेको र घाइतेहरूको संख्या दश हजार नौ सय छ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया